बलिउड अभिनेता अक्षय खन्ना आगामी फिल्म 'दृश्यम ३' बाट बाहिरिएका छन्। 'धुरन्धर' ले बक्स अफिसमा आक्रामक व्यापार गरेपछि अक्षयले 'दृश्यम ३' बाट बाहिरिएका हुन्।
यसअघि अभिनेता रणवीर सिंहले पनि 'डन ३' बाट बाहिरिने निर्णय गरेका थिए। भारतीय संचारमाध्यमका अनुसार 'धुरन्धर' को ठूला सफलतापछि अक्षय खन्नाको पारिश्रमिक तथा भूमिकाको प्रस्तुतीकरणलाई लिएर निर्माता पक्षसँग मतभेद भएको थियो।
पारिश्रमिक वृद्धि र पात्रको स्वरूपमा परिवर्तनको मागमा सहमति नजुटेपछि उनी 'दृश्यम ३' बाट अलग भएको बताइएको छ।
अक्षयले २०२२ को ब्लकबस्टर 'दृश्यम २' मा प्रभावशाली भूमिकामा अभिनय गरेका थिए।
'दृश्यम ३' बाट उनले बहिर्गमनले फिल्मको कथा र कलाकार चयनमा पुनः विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अभिनेता वा निर्माण टोलीले भने यसबारे अहिलेसम्म आधिकारिक बयान जारी गरेका छैनन्।
अजय देवगनको फिल्म 'दृश्यम ३' को केही दिनअघि मात्रै प्रदर्शन मिति घोषणा गरिएको थियो।