मलयालम सुपरस्टार मोहनलाल अभिनीत प्रतीक्षित फिल्म 'दृश्यम ३' को प्रदर्शन मिति परिवर्तन भएको छ।
जीतु जोसेफद्वारा निर्देशित यो फिल्म यसअघि २ अप्रिलमा प्रदर्शनमा आउने तयारी थियो। फिल्म अब २१ मे २०२६ मा विश्वव्यापी रिलिज हुने भएको हो।
सो मिति मोहनलालको ६६ औं जन्मदिन पनि भएकाले फिल्मको रिलिजलाई विशेष बनाइएको छ। मोहनलाल स्वयंमले सामाजिक सञ्जालमा पोस्टर साझा गर्दै प्रदर्शन सारिएको पुष्टि गरेका छन्।
फिल्ममा मोहनलालले आफ्नो चर्चित पात्र 'जर्जकुट्टी' को भूमिका निर्वाह गरेका छन्।
मिडिया रिपोर्टका अनुसार खाडी देशहरूमा जारी युद्ध र तनाव फिल्म ढिलाइको प्रमुख कारण हुन सक्छ। निर्माताहरू अन्तर्राष्ट्रिय रिलिजको साथ कुनै जोखिम लिन चाहँदैनन्।
सन् २०१३ मा डेब्यू भएको 'दृश्यम' फ्रेन्चाइजी मलयालम फिल्मको लागि कोसेढुंगा साबित भयो। यसको दोस्रो भाग सन् २०२१ मा रिलिज भएको थियो। यो फिल्म हिन्दीमा उही नाममा रिमेक गरिएको छ, जसमा अजय देवगन अभिनीत छन्। त्यसलाई पनि दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन्।
यस पटक 'दृश्यम ३' लाई सिधै पाँच भाषामा भारतभर रिलिज गर्ने तयारी छ। 'दृश्यम' सिरिजको तेस्रो भागलाई अन्तिम अध्यायको रूपमा समेत लिइएको छ।