गायक विनय के. टु अर्थात् विनय कार्कीले आफ्नै ब्याण्ड स्थापना गरेका छन्।
शनिबार विनयले ब्याण्ड परिचयात्मक भिडिओ सार्वजनिक गर्दै ब्याण्डको घोषणा गरेका हुन्। उनले ६० को दशकमा ‘जब तिमी एक्लै थियौं’ गीतमा स्वर दिएका छन्।
ब्याण्डको नाम ‘विनय कार्की एन्ड थुंगा’ राखिएको छ।
डेढ दशकअघि विनयले ‘द मिडल युनिट’ ब्याण्डमार्फत आफ्नो सांगीतिक यात्रा सुरू गरेका थिए।
ब्याण्डले केही गीतहरूको रेकर्डिङ पनि गरिसकेको छ।
विनय लिड भोकलिस्टका रूपमा छन् भने सलोन रम्तेल र रुशान्त विशुङ्खे गिटारिस्ट, आदर्श शाही खड्गी ड्रमरका रूपमा र जोन रोका बासिस्टका रूपमा छन्।