कलाकार पूजा ठाकुरको नृत्य तथा अभिनयमा नयाँ तीज गीत 'तीजैमा छमछम' सार्वजनिक भएको छ।
यो गीतमा एलिना चौहान र मेलिना मैनालीको स्वर सुन्न सकिन्छ। मेलिनाको शब्द रहेको गीतमा कमल खत्रीको संगीत, सञ्जिव बराईलीको संगीत संयोजन छ।
गीतमा माइतीको सम्झना गर्दै दिदी-बहिनीहरूले तीजको उमंगमा गर्ने नाचगान र रमाइलोलाई समेटिएको छ।
विशाल थापाको छायांकन, रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको भिडिओ विभोर पोखरेलको निर्देशनमा बनेको हो। दिन्शन शाहको सम्पादन रहेको 'तीजैमा छमछम' गीत ‘देशी फिल्म्स’मार्फत बजारमा आएको हो।
जनकपुरकी प्रतिभाशाली कलाकार पूजाले यसअघि थुप्रै मैथिली तथा भोजपुरी फिल्म र गीतमा अभिनय गरिसकेकी छिन्।