रोजगारीको निम्ती वर्षौंदेखि हराएका आफ्ना बुवा भेटिने आशमा एक युवती अपरिचित मानिससँगै बम्बई (मुम्बई) लाग्छिन्।
आफ्नै गाउँ, आफन्त र परिचित संसार छाडेर सुरू भएको यो यात्रा त बम्बईसम्मको मात्र थियो।
तर बाटोमा भेटिने मानिस, सम्बन्ध, बाध्यता र परिस्थितिले उनको जीवनसँगै कथालाई पनि नयाँ मोड दिँदै जान्छ।
उनले के-कस्तो परिस्थितिको सामना गर्नुपर्छ? त्यो थाहा पाउन नाटक 'श्री बिज्जो भूत : कथा सुदूरको..' हेर्नुपर्छ।
नाटकले ५० को दशकतिरको सुदूरपश्चिमको परिवेशमा देखाउँछ।
वानेश्वर थापा गाउँ स्थित मण्डला थिएटरमा मन्चन भइरहेको यो नाटकले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता त्यस समय सुदूरपश्चिमका धेरै परिवारको साझा कथा भन्छ।
गाउँबाट भारततर्फ लाग्ने मानिससँगै परिवार, सम्बन्ध र सम्झनाहरू छुट्थे।
नाटकले त्यही सामाजिक यथार्थलाई एउटा युवतीको व्यक्तिगत यात्रासँग जोडेको छ। बुबाको खोजीमा सुरु भएको यात्रामा विविध सम्बन्ध, संघर्ष र गाउँको जीवनसँगै सुदूरपश्चिमको भाषा, संगीत, कला र संस्कृतिका रंगहरू मिसिन्छन्।
तर यो कथा केवल एउटा परिवार वा हराएका बुबाको खोजीमा सीमित छैन।
नाटकको अर्को महत्वपूर्ण कुरा हो—पुस्तौँदेखि गाउँको जनजीवनमा जीवित रहेको श्री बिज्जो भूतप्रतिको लोकविश्वास।
डढेलधुराको निङ्लाड गाउँमा प्रचलित विश्वासअनुसार 'श्री बिज्जो भूत'को क्षेत्रमा गलत कर्म गर्ने मानिस सजिलै उम्कन सक्दैन। यही लोकविश्वासले कथाका पात्र, उनीहरूका निर्णय र घटनाक्रमलाई गज्जबले अर्थ्याउँछ।
दिवस नाथको लेखनमा तयार भएको नाटकलाई बुद्धि तामाङ र आकाश नेपालीले निर्देशन गरेका हुन्।
मण्डला थिएटर र युवा कलाकारहरूको समूह शुभकासको सहकार्यमा बनेको नाटकमा आदित्य मिश्र, सुस्मिता कुँवर, भूमि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मालगायत कलाकारको अभिनय छ।
प्रत्यक्ष संगीतले सुदूरपश्चिमको सांस्कृतिक परिवेशलाई थप जीवन्त बनाएको छ। ‘श्री बिज्जो भूत’ यहि असोज २५ गतेसम्म मञ्चन हुनेछ।
-1790746192.jpg)
-1790746192.jpg)
-1790746191.jpg)
-1790746192.jpg)
-1790746192.jpg)
-1790746192.jpg)
-1790746192.jpg)
-1790746191.jpg)
-1790746191.jpg)
-1790746191.jpg)
-1790746191.jpg)
-1790746191.jpg)