प्रेमको चरम अवस्था, त्यसले निम्त्याउने आसक्ति, पागलपन र हिंसालाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘जोलिन्’ कौसी थिएटर, टेकुमा मञ्चन भइरहेको छ।
फेड आउट पिक्चर्स र कथा घेराको सहकार्यमा तयार भएको नाटक यही साउन २१ गतेसम्म मञ्चन हुनेछ।
नाटक मंगलबार बाहेक हरेक साँझ ५:१५ बजे तथा शनिबार अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन हुनेछ।
नाटकको केन्द्रमा गृहिणी मिरा छिन्, जसको सम्पूर्ण जीवन र अस्तित्व श्रीमान् माधव वरिपरि घुम्छ।
तर माधवको जोलिन्ससँगको प्रेम सम्बन्ध सार्वजनिक भएपछि उनीहरूको सामान्य देखिने पारिवारिक जीवनमा गहिरो संकट सुरू हुन्छ।
मिराको 'अन्धो प्रेम', माधवको द्वन्द्वपूर्ण मनस्थिति र जोलिनको उपस्थितिले सम्बन्धभित्र लुकेका असुरक्षा, चाहना र विखण्डनलाई सतहमा ल्याउँछ। कथा क्रमशः पागलपन र हत्यासम्म पुग्छ।
नाटकमा प्रेमजन्य अपराध अनुसन्धान गर्ने काल्पनिक प्रहरी इकाइ ‘राष्ट्र प्रहरी माया विभाग’ लाई पनि समावेश गरिएको छ।
गीत, संगीत र नृत्यमार्फत यो विभागले पात्रहरूको मनोविज्ञान, भावनात्मक द्वन्द्व र घटनालाई प्रस्तुत गर्दै कथालाई फरक शैलीमा अघि बढाउँछ।
मेलोड्रामा, त्रासदी, म्युजिकल थिएटर, रहस्य र लोककथाको शैलीलाई मिश्रण गरिएको नाटकले प्रेम कहिले आश्रय र कहिले कैद बन्न सक्छ भन्ने प्रश्न उठाएको छ।
नाटकले अन्त्यमा दर्शकमाझ एउटा प्रश्न छाड्छ— ‘कति धेरै प्रेम, धेरै हुन्छ?’
नाटकमा मिरा खड्का, अनोज पाण्डे, तार्रा, निशान खत्री, ऋषिकेश बस्याल, जीवन गौतम, निशान्त महत र तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ।
नाटकको लेखन ऋषभ र बुद्धि पोखरेलले गरेका हुन् भने निर्देशन ऋषभ ले गरेका छन्। संगीत अरिश राजकर्णिकार, प्रसुन, प्रसन्न राय र ऋषभको रहेको छ।
प्रोडक्सन डिजाइन तथा पोस्टर स्टेफनी स्मिथले तयार पारेकी हुन्।
तस्बिरहरू:
-1785047550.jpg)
-1785047550.jpg)
-1785047550.jpg)
-1785047550.jpg)
-1785047550.jpg)
-1785047550.jpg)
-1785047551.jpg)
-1785047551.jpg)
-1785047551.jpg)
-1785047551.jpg)
-1785047551.jpg)