अमेरिकामा रहेका व्यवसायी पासाङ लामाले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ७ हजार रुपैयाँ सहयोग गरेका छन्।
व्यवसायी लामाले लामा फाउन्डेसनको तर्फबाट उक्त रकम सहयोग गरेका हुन्।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष नै सुरक्षित रहेको भन्दै आफूले यसै कोषमा रकम पठाएको लामाले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्।
लामाले अरूलाई पनि यही कोषमार्फत सहयोग गर्न आग्रह गरेका छन्।
३० वर्षदेखि अमेरिकामा रहेका लामाको अमेरिकामा स्टेसन होलसेल किराना पसल लगायतका व्यवसाय छन्।