नेपाली खानालाई प्रवर्धन गर्ने मुख्य लक्ष्यका साथ हङकङमा हिमालय किचन सन्चालनमा आएको छ।
गैरआवासीय नेपाली संघकी उपाध्यक्ष राधिका गुरूङ (टीका)ले आफ्नो व्यवसाय विस्तारका क्रममा हिमालय किचन सुरु गरेकी हुन्।
हिमालय किचनमा नेपाली चिया,मुस्ताङी चिया,नेपालि कफी,पापर,कोदोको रोटीसँगै नेपाली इन्डियन तथा स्थानीय अनि विदेशी खाना पाइने सन्चालक गुरुङले बताइन्।
'यो एउटा व्यवसाय हो। सँगै हामीले यसबाट आमदानी भएको १० प्रतिशत रकम सामाजिक काममा खर्च गर्छौ। जी थ्री एस गोर्खाज च्यारिटी फाउन्डेसन मार्फत हामीले आगालागीमा परेका परिवारका ७ जना बालबालिकाको लागि सहयोग गरेका छौं,' उनले भनिन्, 'विगत ५ वर्षदेखि एउटा बच्चाको लागि वार्षिक २ लाख हामीले सहयोग गरेका छौं। ६५ वर्ष पुगेका घरबार बिहिनहरुलाई समय समयमा खाना फाउन्डेसन मार्फत खाना वितरण गर्छौं।'
सन् १९९४ मा हङकङ गएकी गुरूङ र उनका श्रीमान प्रकाश पुन मगर सामाजिक काम सँगै व्यवसायमा पनि सक्रिय छन्।
गुरूङ सहितको टिमले केएमई फाइनान्स सन्चालन गरेको छ। उनी यसको अध्यक्ष हुन्।
गुरूङ दम्पतीले 'हिमालय क्याफे एन्ड रेस्टुरेन्ट' समेत चलाएको छ भने 'गोर्खाज कन्ट्रक्सन'मार्फत निर्माणको काम पनि गर्छन्।
उनीहरुले गुन्द्रुक, टिमुर र दाल उत्पादनका लागि म्याग्दीमा खेती गरेका छन्।