नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ३५ पैसा बढेको हो।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३४ पैसा पाइन्छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेको हो।
बिहीबार क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा तोकिएको थियो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा १४२ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४३ रूपैयाँ २७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६१ पैसा र बिक्रीमा ८८ रूपैयाँ १ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रूपैयाँ ७२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७ पैसा र बिक्रीमा २९ रूपैयाँ २० पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३१ पैसा र बिक्रीमा ४३१ रूपैयाँ २६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ३८ पैसा तोकिएको छ।