ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ६ प्रतिशत बोनस सेयर रहेको छ भने ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।