बिहीबार पनि नेप्से परिसूचक स्थिर छ।
नेप्से २५९९.१५ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
बुधबार ४ अर्ब ७६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
सिन्धु विकास बैंकको मूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९३ रूपैयाँ पुगेको छ।
यस्तै, कर्पोरेट डेभलपमेन्टको मूल्य ९.३५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८०६ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसदिन सयपत्री हाइड्रोपावरको मूल्य सर्वाधिक ९.६६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ५२४ रूपैयाँ पुगेको छ।
यसैगरी, स्वाभिमान लघुवित्तको मूल्य ५.३३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३३० रूपैयाँ १० पैसामा सीमित भएको छ।
बिहीबार सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४५९ रूपैयाँ ९० पैसामा ३० करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३४१ रूपैयाँमा २२ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।