शुक्रबार नेप्से परिसूचक घटेको छ।
नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ४ अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५६ वटा धितोपत्रको एक करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
एनएमबी डिबेन्चर १०.७५%–२०८९/२०९०को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार चार सय रूपैयाँ पुगेको छ।
यस्तै, १०.७५% एसबिएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार ३६० रूपैयाँ कायम भएको छ।
यसदिन सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४४८ रूपैयाँ पुगेको छ।
यसैगरी, धौलागिरी लघुवित्तको मूल्य ४.९५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ९० रूपैयाँ १० पैसामा सीमित भएको छ।
शुक्रबार १०.७५% एसबिएल डिबेन्चर २०८९ को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको एक हजार ३६० रूपैयाँमा २६ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ७०८ रूपैयाँमा १५ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये २ समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।