बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ४ अर्ब ७३ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ४ अर्ब १५ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४७ वटा धितोपत्रको एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
सानिमा लार्ज क्याप फण्डको मूल्य सर्वाधिक ३.२६ प्रतिशतले बढेको छ।
उक्त योजनाको मूल्य ९ रूपैयाँ ५१ पैसा पुगेको छ।
यस्तै, कुमारी सबल योजनाको मूल्य ३.१७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ४४ पैसा कायम भएको छ।
यसदिन एभरेस्ट कलरको मूल्य सर्वाधिक ८.६३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ८० रूपैयाँ पुगेको छ।
यसैगरी, सयपत्री हाइड्रोपावरको मूल्य ६.६५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०५ रूपैयाँमा सीमित भएको छ।
बुधबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको दुई हजार ७३० रूपैयाँमा ३२ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सेन्ट्रल फाइनान्स रहेको छ। उक्त कम्पनीको ६३६ रूपैयाँमा १८ करोड ४० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशतले घटेको छ।