भन्सार विभागले उत्तरी नाका हुँदै नेपाल आउन लागेका मालवाहक सवारीलाई तत्कालका लागि मुस्ताङको कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ।
रसुवा र तातोपानी नाका हुँदै आउन लागेका मालवाहक सवारी, चालक तथा व्यवसायीलाई विभागले वैकल्पिक नाका प्रयोग गर्न भनेको हो।
कोरला नाका प्रयोग, वैकल्पिक मार्ग र भन्सार प्रक्रियाका लागि आवश्यक सहजीकरणको तयारी गरिएको विभागले जनाएको छ।
बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीमा भन्सार कर्मचारी, सर्वसाधारण, व्यवसायी तथा मालवाहक सवारीका चालक र सहचालक प्रभावित भएका छन्।