रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन गर्न संसद्को अर्थ समितिले उपसमिति गठन गरेको छ।
समितिको बुधबार बसेको २८औं बैठकले सुशील खड्काको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिमा नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, पुष्पा कुमारी चौधरी, प्रा.डा. पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त बैदिक सदस्य छन्।
उपसमितिले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव, जलवायु वित्तलगायत विषयमा अध्ययन तथा विश्लेषण गरी सम्बन्धित निकायलाई दिनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा पेश गर्ने भनिएको छ।
उपसमितिले आवश्यकताअनुसार स्थलगत अनुगमनसमेत गर्न सक्ने भनिएको छ। कार्यप्रारम्भ गरेको मितिले १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।