सामसङ नेपालले नयाँ ग्यालेक्सी ए२७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ।
कम्पनीले युवालाई लक्षित गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) सुविधासहितको यो स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार ग्यालेक्सी ए२७ फाइभजीमा ६.७ इन्चको एफएचडी+ सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा ४ नानोमिटर स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर दिइएको छ।
फोनमा ५० मेगापिक्सल ओआइएस मुख्य क्यामरा, ५ मेगापिक्सल अल्ट्रा–वाइड, २ मेगापिक्सल म्याक्रो तथा १२ मेगापिक्सल फ्रन्ट क्यामरा रहेको छ।
५ हजार एमएएच ब्याट्रीमा २५ वाट फास्ट चार्जिङको सुविधा छ।
सामसङ नक्स भल्ट सुरक्षा प्रणाली, आइपी६४ वाटर तथा डस्ट रेसिस्टेन्स र एन्ड्रोइड १६ मा आधारित वान युआई ८.५ उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फोनमा भ्वाइस ट्रान्सक्रिप्सन, गुगल जेमिनी र पर्प्लेक्सिटीजस्ता एआई सुविधाको समेत सपोर्ट छ भने ६ वर्षसम्म सफ्टवेयर र सुरक्षा अपडेट उपलब्ध गराइने जनाएको छ।
६ जिबी र्याम/१२८ जिबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ र ८ जिबी र्याम/१२८ जिबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
कम्पनीले २४ महिनासम्मको इएमआई सुविधा, पुरानो मोबाइल साट्न अतिरिक्त ८ हजार रूपैयाँसम्म एक्सचेन्ज बोनस तथा एनसेलको १२० जिबी डेटा अफरसमेत उपलब्ध गराएको जनाएको छ।