नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ।
सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।