नेपाली बजारमा आज (बुधबार)सुन-चाँदीको भाउ घटेको छ।
मंगलबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार प्रतितोला पाँच हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।