नेपाली बजारमा आज (बुधबार)सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ।
मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ।
मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।