नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ।
बिहीबार तोलामा एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १० हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।