नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।
बिहीबार तोलामा दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार तोलामा चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।