नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य बढेको छ।
मंगलबार तोलामा एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार तोलामा चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।