नेपाल प्रहरीले रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ लाई सम्मान गरेको छ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप एक विशेष समारोहमा यो सम्मान प्रदान गरिएको हो।
रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका अध्यक्ष तथा रोटरी क्लब अफ गोंगबु का अध्यक्ष राजाराम फुयालका अनुसार, आन्दोलनबाट प्रभावित प्रहरी चौकीहरूमा सरसफाइ, रंगरोगन, खानेकुरा, ग्यास, पानी ट्यांकी, सिरक–डसना, खाट, टेबल–कुर्सी, कम्प्युटर तथा प्रिन्टर उपलब्ध गराई कार्यालयहरू पुनः सञ्चालनमा ल्याउन महत्वपूर्ण सहयोग गरिएको थियो।
समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका अध्यक्षहरूलाई कदरपत्र प्रदान गरे।
उनले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै रोटरीको सेवाभाव सबैका लागि प्रेरणाको स्रोत भएको बताउए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट विष्णु बहादुर कार्की लगायत प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, नायब उपरीक्षक, प्रहरी निरीक्षकहरू लगायत रोटरीयन विष्णुहरी दाहाल, रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका क्लबका अध्यक्षहरू लगायत क्लबका विभिन्न ओहदामा रहेका रोटरीयनहरूको उपस्थिति रहेको थियो।