बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
कलेजको दीक्षान्त समारोह नविल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरी सम्पन्न गरिएको हो ।
काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित उक्त कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अभिभावकहरुको उपस्थिति रहेको थियो।
समारोहमा बिबिए, बिएचएम, बिएससी र एमबिए उतीर्ण ४१५ जना विद्यार्थीहरू दीक्षीत भएका छन्।
उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरूलाई सन्डरल्याण्ड विश्वविद्यालयको तर्फबाट विशेष अवार्डसमेत प्रदान गरिएको थियो भने आइएसएमटी समूह अन्तर्गतका क्याम्पसहरूमा स्नातकोत्तर तहमा सत प्रतिशत छात्रवृत्ति समेत प्रदान गरेको छ।
आइएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयकै सम्बन्धनमा कले सञ्चालन गरी बिबिए, बिएचएम, बिएससी, आइटी, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक, एमबिए र एमएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन गरिरहेको छ।