रसुवा बाढी प्रभावितको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दिएको हो।
बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि प्राप्त सहयोग एकद्वार प्रणालीमार्फत परिचालन भइरहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझिरहेका छन्।
गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरूण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँ हस्तान्तरण गरेका हुन्।
रकम बाढी प्रभावितको राहत, उद्धार, खोज तथा पुनर्स्थापनामा परिचालन गरिने जनाइएको छ।