‘हुलास भए अरू किन चाहियो’ भन्ने नारामार्फत जनमानसमा परिचित हुलास ब्रान्डको मातृ कम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले बाढीपीडितको दुःखमा पनि साथ दिने भएको छ ।
अर्गनाइजेसनले पछिल्लो समय आएको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि निर्माण तथा स्थापना गर्न लागिएको अस्थायी पुनर्वास केन्द्रका लागि निर्माण सामग्री सहयोग गर्ने घोषणा गरेको छ।
अर्गनाइजेसनले उक्त केन्द्र निर्माणका लागि आवश्यक जस्तापाता तथा पाइप उपलब्ध गराउनेछ।
बाढीका कारण घर तथा जीविकोपार्जनका साधन गुमाएका परिवारलाई सुरक्षित र सम्मानजनक रूपमा अस्थायी बसोबासको व्यवस्था गर्न अर्गनाइजेसनले सहयोग गर्न लागेको हो। यस सहयोगले तत्कालीन राहतसँगै प्रभावित परिवारको अस्थायी बसोबास व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
अर्गनाइजेसनका निर्देशक हिमांशु गोल्छाले विपद्का बेला समयमै उपलब्ध गराइएको सहयोगले घरबार तथा जीविकोपार्जन गुमाएका परिवारलाई राहत पुग्ने बताए।
'संकटको समयमा समयमै गरिएको सहयोगले घर र जीविकोपार्जन गुमाएका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ। यस्तो कठिन परिस्थितिमा निजी क्षेत्र समुदायको साथमा उभिनुपर्छ भन्ने हाम्रो विश्वास हो,' गोल्छाले भने।
अर्गनाइजेसनले बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत तथा पुनर्स्थापनामा खटिएका सरकारी निकाय, स्थानीय तह, मानवीय सहायता संस्थाहरू, स्वयंसेवक तथा अन्य सरोकारवालाको प्रयासको प्रशंसा गरेको छ।
निर्माण गरिने अस्थायी पुनर्वास केन्द्रले तत्कालीन राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढिरहँदा प्रभावित परिवारलाई सुरक्षित वातावरणमा अस्थायी बसोबासको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
विपद्का बेला समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले गरिएको यो सहयोगले दिवाकर गोल्छा अर्गनाइजेसनको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा संकटका समयमा प्रभावित समुदायसँग सहकार्य गर्ने दायित्वबोधलाई प्रतिबिम्बित गर्ने अर्गनाइजेसनले जनाएको छ।