त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले आज आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
रसुवा बाढीले देशका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएकोले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोग उपलब्ध गराएको जनाएको छ।
प्राकृतिक विपद्को यस चुनौतीपूर्ण समयमा त्रिवेणी समूहको उक्त सहयोगले प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ।
चेक हस्तान्तरण कार्यक्रममा त्रिवेणी समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई तथा साकेत संघईको समेत उपस्थिति थियो।