मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २० लाख १० हजार रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको प्रालिका अध्यक्ष विकाश गौतमले जानकारी दिए।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनु निजी क्षेत्र र निर्माण व्यवसायीको पनि दायित्व हुने भन्दै आफूले सहयोग गरेको उनको भनाइ छ ।