रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा बाढीबाट प्रभावित समुदायलाई गोल्डस्टार स्ट्राइड लिमिटेडले ६ हजार जोर जुत्ता तथा चप्पल उपलब्ध गराउने भएको छ।
कम्पनीले प्रभावितका लागि अत्यावश्यक राहत सामग्रीका रूपमा जुत्ता तथा चप्पल उपलब्ध गराउन लागेको घोषणा गरेको छ।
कठिन परिस्थितिमा सहयोगको हरेक कदम महत्वपूर्ण हुने कम्पनीले जनाएको छ।
गोल्डस्टारले प्रभावित प्रत्येक परिवार र उद्धार तथा राहतमा खटिरहेका व्यक्तिसँग आफूहरू साथमा रहेको जनाएको छ।