नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्युज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको एघारौं वार्षिक पुण्य स्मृति दिवश पारेर आगामी आइतबार आशीष ज्ञवालीलाई प्रदान गरिने भएको हो।
जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो।
यस फाउन्डेसनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजय राज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाल तथा यादव हुमागाईलाई प्रदान गरिएको थियो।
पत्रकारिता मार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिदै आएको छ।
साथै फाउन्डेशनद्धारा संचालित डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरू मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारका लागि विगत २० वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका भएका लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई पुरस्कार स्वरुप एक लाखसहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो।
यस फाउण्डेशनले २०७४ साल देखि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
उक्त पुरस्कार २०८३ भदौ २१ गते आइतबारका दिन पत्रकार ज्ञवालीलाई प्रदान गरिने कार्यक्रम रहेको छ।