सोनाम गियरले बाढी प्रभावितका लागि २० लाख सहयोग गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोनाम गियरले २० लाख रूपैयाँ जम्मा गरेको हो।
प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिमा परेका नागरिकहरूको सहयोगका लागि निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउँदै सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले उक्त सहयोग गरिएको बताए।
'राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानलाई सहयोग पुर्याउनु निजी क्षेत्रको पनि महत्वपूर्ण जिम्मेवारी हो,' उनले भनेका छन्।