काठमाडौंको गोंगबुस्थित बिजी मलको ठीक अगाडि एर्रा डाइग्नोस्टिक ल्याब औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आधुनिक, भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा दिने उद्देश्यले स्थापना गरिएको ल्याबको चिकित्सक डा. नबिन शाहले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै डा. शाहले गुणस्तरीय र सहज स्वास्थ्य परीक्षण सेवा सर्वसाधारणको पहुँचमा पुर्याउनु आवश्यक रहेको बताए।
उनले एर्रा डाइग्नोस्टिक ल्याबले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा ल्याबका एमडी प्याथोलोजिस्ट डा. दिपेन्द्र प्रधान, स्वास्थ्य क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, अतिथिहरू तथा शुभेच्छुकहरूको उपस्थिति थियो।
ल्याबले सेवाग्राहीको सुविधाका लागि घरमै पुगेर नमूना संकलन गर्ने ‘होम स्याम्पल कलेक्सन’ सेवा पनि उपलब्ध गराउने जनाएको छ।
यसबाट ज्येष्ठ नागरिक, बिरामी तथा ल्याबसम्म पुग्न असहज हुने सेवाग्राहीले घरबाटै स्वास्थ्य परीक्षणका लागि नमूना दिन सक्नेछन्।
ल्याबका अनुसार उद्घाटनको अवसरमा भदौ महिनाभर सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
यस्तै, भोटेकोशी विपद् पीडितहरूका लागि प्रयोगशाला परीक्षण सेवामा पूर्ण छुटको व्यवस्था गरिएको ल्याबले जनाएको छ।