बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।
कम्पनीका कन्ट्री म्यानेजर राजिव रोय नेतृत्वको टोलीले आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको कम्पनीले जनाएको हो।
उक्त सहयोगले बाढी प्रभावित समुदायलाई आवश्यक राहत पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
२५ वर्षदेखि नेपाली बजारमा रहेको बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट छिटो उठ्न सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेको छ।
कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा सधैँ प्रतिबद्ध रहने जनाएको छ।