श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–इटिए) सुविधा लागु गरेको छ।
काठमाडौंस्थित श्रीलंकाली दूतावासले जारी गरेको सूचनाअनुसार, पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले ३० दिन अवधिको डबल इन्ट्री पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन्।
यो व्यवस्था २०२६ मे २५ देखि लागु भएको जनाएको छ।
दूतावासले यात्रुहरूलाई श्रीलंका पुग्नुअघि नै आधिकारिक वेबसाइटमार्फत इटिए लिन आग्रह गरेको छ।
आवश्यक परे काठमाडौंस्थित श्रीलंकाली दूतावाससँग पनि सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
दूतावासले यस सम्बन्धमा थप जानकारी तथा सहजीकरणका लागि आफूहरू उपलब्ध रहने जनाएको छ।