नेपालमा सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक भित्रिएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा चालु आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै पर्यटन क्षेत्रको पुनरूत्थान हुँदै गएको बताएका छन्।
पर्टयकहरूको नेपाल बसाइ समेत लम्बिएको छ।
आर्थिक सर्वेक्षण अनुसार २०२४ मा पर्यटकको औसत बसाइ अवधि १३.३ दिन रहेकोमा यसमा वृद्धि भएको हो।
२०२५ मा यस्तो औसत बसाई अवधि १६.३४ दिन छ।
बसाई अवधि लम्बिए पनि पर्यटकहरूको दैनिक औसत खर्च भने घटेको छ।
यसअघि यस्तो दैनिक औसत खर्च ४०.८ डलर रहेकोमा हाल ३३.०८ डलर छ।