नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा वृद्धि नगर्न अनुरोध गरेको छ।
रसुवामा आएको प्राकृतिक विपत्तिका कारण बुधबार प्राधिकरणका हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले हवाई भाडा नबढाउन अनुरोध गरेका हुन्।
प्राधिकरणले वायुसेवा निगम, बुद्ध एयर, यति एयरलाइन्स, श्रीएयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई उक्त पत्र पठाएको हो।
‘हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपद्को विषम परिस्थितिमा सर्वसाधारणको आवगमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम भाडादर भन्दा कम र परिस्थितिलाई मध्यनजर गर्दै समुचित/हालको भाडादरमा नबढ्ने गरी हवाई टिकट उपलब्ध गर्ने/गराउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ,’ अधिकारीले भनेका छन्।