नेकपा एमालेले काठमाडौंमा जागरण सभा गरेको छ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गरेको हो।
जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो।
जागरण सभाअघि विभिन्न ठाउँबाट र्याली निकालिएको थियो।
भद्रकालीबाट सुरू भएको र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबार मार्गमा पुगेर सभामा परिणत भएको थियो।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गरेको एमालेले जनाएको छ।
तस्बिरहरू:

-1732271607.jpg)
-1732271606.jpg)
-1732271606.jpg)
-1732271605.jpg)
-1732271605.jpg)
-1732271606.jpg)
-1732271606.jpg)
-1732271604.jpg)
-1732271604.jpg)
-1732271603.jpg)
-1732271602.jpg)
-1732271601.jpg)