नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ।
बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
पुस २१ र २२ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ।
सो बैठकको एजेन्डाबारे बिहीबारको सचिवालय बेठक छलफल हुने बताइएको छ।