नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले काठमाडौंमा गर्ने भनेको भेला स्थगित गरेको छ।
पुस २२ र २३ गते सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरू र जिल्ला अध्यक्षहरूलाई सहभागी गराएर भेला गर्न लागे पनि तयारी नपुगेको भन्दै तरूण दलले भेला नै स्थगित गरेको छ।
मुख्यसचिव ठानप्रसाद पोखरेलले सूचना निकालेर विशेष कारणले भेला स्थगित गर्नुपरेको उल्लेख गरेका छन्।
तरूण दल अध्यक्ष विद्वान गुरूङ छन्। नियमित महाधिवेशन हुन नसक्दा तदर्थ समिति गठन भएको थियो। तरूण दललाई चैतभित्र महाधिवेशन गर्न कांग्रेसले निर्देशन दिएको छ।
तरूण दलको परिमार्जित विधान पनि हालैको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको थियो।