नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जाजरकोटबाट निरज आचार्य सहित पाँच जनाको नाम सिफारिस गरेको छ। आज बसेको जिल्ला कमिटी जाजरकोटको बैठकले आचार्यसहित, डम्बरबहारदुर सिंह, कौशिला वती खत्री, गणेश थापा र नारायण घर्तीको नाम सिफारिस गरेको हो।
आचार्य २०७९ सालमा पनि प्रतिनिधि सभा सदस्यका लागि त्यस जिल्लबाट उम्मेदवार थिए।
एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भने पनि सहमति जुट्न नसकेपछि चार जनाको नाम माथि पठाइएको हो।
प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदै छ। उम्मेदवारी दर्ता भने माघ ६ गते गर्ने कार्यतालिका छ।