भदौ २३ र २४ गतेको घटनाको लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ।
आइतबार आयोगले उनको स्टेटमेन्ट लिएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
‘आज हामीले उहाँको स्टेटमेन्ट लिएका छौं,’ उनले भने।
लिखित स्टेटमेन्ट लिएको हो वा घरमै गएर बयान लिएको हो भन्ने विषयमा उनले प्रष्ट्याएनन्। स्रोतले भने आयोगको टोली गुण्डुस्थित ओली निवास पुगेर बयान लिएको बताएको छ।
यसअघि ओलीले आयोगलाई बयान दिन नजाने बताउँदै आएका थिए।