नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र सुरू हुँदैछ।
सोमबार बिहान १० बजेदेखि बन्द सत्र सुरू हुने कार्यतालिका छ।
त्यसका लागि प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ।
भृकुटीमण्डपको हलभित्र बन्दका लागि कुर्सी र मञ्च तयार पारिएको छ।
बन्दसत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि ९ वटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुने पोखरेलले जानकारी दिए।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ। नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने विशेष महाधिवेशन आयोजक समितिका संयोजक मनोजमणि पोखरेलले बताएका छन्।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।
यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ।
क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकोले उनीहरुले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो।
तस्बिरहरूः
-ink-1768190876.jpeg)
-ink-1768190876.jpeg)
-ink-1768190876.jpeg)
-ink-1768190876.jpeg)
-ink-1768193514.jpeg)
-ink-1768193514.jpeg)
-ink-1768193513.jpeg)
-ink-1768193513.jpeg)
-ink-1768193513.jpeg)
-ink-1768193513.jpeg)
-ink-1768193512.jpeg)
-ink-1768193512.jpeg)