नेपाली कांग्रेसका शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरिरहेका छन्।
सोमबार बिहान काठमाडौंको विशालनगरस्थित आफ्नो कार्यालयमा आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्।
छलफलमा उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्री पाण्डे र सहमहामन्त्री जीवन परियार छन्।
त्यस्तै, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, केही जिल्ला सभापति र केही विशेष महाधिवेशनमा हस्ताक्षर गरेका प्रतिनिधिहरू पनि सहभागी भएको बैठकमा सहभागी एक प्रतिनिधिले बताएका छन्।
‘पार्टी एकता कायमै राख्न हस्ताक्षरकर्ताहरूले आग्रह गर्नुभएको छ। महाधिवेशनमा सहभागी हुने/नहुने भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ ती प्रतिनिधिले भने।
आइतबारदेखि काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन सुरू भएको छ। सोमबार बिहानदेखि बन्दसत्र सुरू हुँदैछ।