नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू अहिले भृकुटीमण्डपमा सुरू हुँदैछ। यसका लागि प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ।
भृकुटीमण्डपको हलभित्र बन्दका लागि कुर्सी र मञ्च तयार पारिएको छ। बन्दसत्रको सुरूमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ। त्यसपछि ९ वटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुने छ।
नीतिगत छलफलपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ। नेतृन्व परिवर्तनको पक्षमा निर्णय भए निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने महाधिवेशन आयोजक समितिका संयोजक मनोजमणि पोखरेलले बताए।
यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ।
क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकोले उनीहरुले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो।
तस्बिरहरूः








