नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ।
पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो।
बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो। यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।
बन्द सत्रको अध्यक्षता काठमाडौं-५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काले गर्दै छन्।