नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरू भएको छ।
सोमबार बिहानदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरू भएको हो।
नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ। पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो। बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो। यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।
बन्द सत्रको अध्यक्षता काठमाडौं-५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काले गर्दै छन्।
महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गरेका छन्। उनले आफूले पेस गर्ने प्रतिवेदनलाई 'बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा' नाम दिएका छन्।
बन्द सत्रमा महामन्त्री गगन थापाले थापाले राजनीतिक र नीति सम्बन्धि प्रतिवेदन पेस गर्नेछन्।
लाइभ: