गृहमन्त्री सुधन गुरूङ संसदको रोष्ट्रममै भावुक बनेका छन्।
शुक्रबार समय माग गरी गृहमन्त्री गुरूङ प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन्।
उनी बोल्नका लागि उपस्थित हुँदा भावुक बनेका हुन्। उनले ‘सम्माननीय...’ भनेर थप अघि बढेनन्।
उनी बोल्न नसकेपछि प्रतिनिधि सभा बैठकको हल छाडे। हल छाडेर उनी बाहिर गएपछि कानुन मन्त्री सोबिता गौतमले फिर्ता बोलाएकी हुन्।
अहिले उनले आफ्नो धारणा राखिरहेका छन्।