नेपाली कांग्रेसका स्व. नेता चक्रप्रसाद बाँस्तोलाको जीवनीमा आधारित पुस्तक विमोचन गरिएको छ।
कृष्ण धरावासी सम्पादक र कुसुम बाँस्तोला प्रकाशक रहेको 'चक्रप्रसाद बाँस्तोला- बौद्धिकता र विद्रोह' पुस्तकको बुधबार काठमाडौंको बत्तिसपुतलीमा विमोचन गरिएको हो।
प्रथम राष्ट्रपति रामवरण यादवसहितले पुस्तक विमोचन गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति यादवले बाँस्तोला एक विचारक भएको बताए। ‘चक्रजी एक विचारक हुनुहुन्थ्यो, आफ्ना कुरा कडासँग राख्नुहुन्थ्यो,’ उनले स्मरण गरे।
यो पनि- रामवरण यादवले भने– लोकतन्त्रको मर्म नबुझेका मानिस शासनमा छन्, संघीयता खत्तम गर्ने भन्छन्!