नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ।
श्रेष्ठको विगत १० दिनदेखि ललितपुरस्थित जावलाखेलमा रहेको हेलियस अस्पतालमा उपचार भइरहेको छ।
उनी पछिल्लो समय गम्भीर रोग प्याङक्रियाजको क्यान्सरबाट पीडित छन्।
‘बुवा १० दिनदेखि आइसियुमा हुनुहुन्छ, उपचार जारी छ। अवस्था जटिल बन्दै गइरहेको छ,’ कान्छा छोरा सम्पूर्ण श्रेष्ठले सेतोपाटीसँग भने।
यसअघि मेडिसिटीलगायत अस्पतालमा पनि उनको उपचार गरिएको थियो।
श्रेष्ठको केही समयअघि भारतस्थित एपोलो अस्पतालमा उपचारसमेत गरिएको थियो।
भृकुटीमण्डपमा गत पुसमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रमा उनी पनि सहभागी थिए।
गम्भीर रोगका कारण उनी त्यसयता सक्रिय राजनीतिमा छैनन्।