राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र बागमती प्रदेश सभा सांसदहरूबीच आज छलफल भएको हो।
राप्रपाले बुधबार केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेर प्रदेश सरकारहरूमा सामेल नहुन निर्देशन दिएको थियो।
उक्त निर्देशनबारे आज बागमतीका सांसदहरूलाई जानकारीसमेत गराइएको छ।
‘प्रदेश सरकारबारे पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयको स्पिरिटमा समर्थन, एकताबद्ध र पूर्ण प्रतिबद्ध रहने सांसदहरूको शक्तिशाली सामूहिक संकल्प, अध्यक्ष लिङ्देनद्वारा समसामयिक परिस्थितिबारे प्रदेशसभाका सांसदहरूलाई ब्रिफिङ, सांसदहरूको सामूहिक संकल्प पार्टीको पुँजीको रूपमा धारणा व्यक्त भएको छ,’ उनले भने।
राप्रपा बागमतीका कतिपय सांसदहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास गुण्डुमा पुगेर भेटवार्ता गरेपछि राप्रपाभित्र ओलीले खेलेको भन्दै चर्चासमेत भएको थियो।
बागमतीमा राप्रपाका १२ जना सांसद छन्।
नेकपा एमाले र नेकपालाई यहाँ सरकार बनाउन राप्रपाको साथ चाहिन्छ।
यो पनि- राप्रपामा चर्चा- ओलीले हाम्रो पार्टीमा खेले